प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजेका लागि संसद भवन नयाँबानेश्वरमा बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १२:०९
प्रतिक्रिया दिनुहोस्