गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् ।
विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सकेनन् । भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ ।
बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन । यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १२:२४
प्रतिक्रिया दिनुहोस्