गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्