
- राजन घिमिरे
सपना जहां बसेर पनि देख्न सकिन्छ, स्वदेशमा होस कि बिदेशमा । लक्ष्य लिन पनि स्वदेशमै हुनु पर्छ भन्ने पनि छैन र योजना पनि जहां बसेर पनि बनाउंन सकिन्छ । तर सपना पुरा गर्न , लक्ष्य पुरा गर्न र योजनालाई मूर्तरूप दिन भने स्वदेश पुग्नै पर्छ। ।प्रबासमा बसेर ठूला कुरा र गफ गर्नै अनि यसो र उसो भन्दै अरूको नकारात्मक कुरा गर्ने मानिस भने कहिले गन्तब्यमा पुग्न सक्दैन । यी र यस्ता कुरा बुझेका अनि मनन गरेका क्रिकेटका फ्यान हुन स्वतन्त्र प्रताप शाह । शुरूमा उनले एन पि एल लिगको कुरा गर्दा उनका सहयात्रीले हांसोमा उड़ाए , बिश्वास गरेनन् ।
जब उनले आफ्नो योजना , सपना र लक्ष्यलाई मुर्तरूप दिएर सुदुर पश्चिम रोयल्स टिम खडा गरे तब सबै तिन छक्क परे । अनि भन्न थाले -‘ शाहले जे भन्थ्यो त्यो गर्यो -‘ । लामो समयदेखी अष्ट्रेलियालाई कर्मभूमि बनाएका स्तन्त्रप्रताप शाह मूलतः शिक्षा ब्याबसायी हुन । क्रिकेटलाई उनी आफू भन्दा बढी माया गर्छन र धेरै पटक उनले नेपालको राष्ट्रीय खेलाडीहरूलाई अष्ट्रेलियामा लेराएर मैत्रीपूर्ण खेल खेलाउंने चांजो पांजो पनि मिलाएका हुन , तर बिबिध कारणले त्यो पुरा हुन पाएन । यो कुरालाई फत्ते गर्न उनि आज पनि लागि परेका छन ।
तर यति बेला भने उनि नेपालको पहिलो एन पि एलको सुदुर पश्चिम रोयल्सको मालिकको रूपमा स्थापित भएका छन । पहिलो ऐतिहासिक गेममा उप बिजेता बनेको सुदुर पश्चिम रोयल्सको यो सफलताबाट निकै हौसिएका छन स्वतन्त्र । उनले लक्ष्य , उद्देश्य र सपना पुरा गर्न गरेको , मिहेनत , दिएको लगाब र मनदेखीको समर्पण प्रबासमा रहेका नेपालीहरूका लागि पनि गतिलो उदाहरण बनेको छ ।
नेपाली क्रिकेटको महायज्ञ मानिएको एन पि एल जस्तो गरिमामय प्रतिस्पर्धामा सुदुर पश्चिमलाई शानदार र गरिमामय उपस्थितिका साथ मैदानमा उतारेर स्वतन्त्रले जून उल्लेख्य भूमिका निभाएका छन ,त्यो प्रबासमा बसेर आफ्ना जन्मभूमिको खेलको बारेमा घांटीक़ो नशा फूलाउंदै त्यसले के गर्छ र भनेर कुरा काट्ने जमातलाई नराम्रो झापड बनेको छ । एम्पाएर ऐजुकेशनका प्रमुख स्वतन्त्र प्रताप शाह नेपाली क्रिकेट क्षेत्रमा पनि एम्पाएर खडा गर्न चाहन्छन ।
त्यसो त , यो खेलप्रति उनको लगाब, मोह र समर्पण देख्दा त्यो दिन टाढा छैन भनेर भन्न सकिने थुप्रै आधारहरु छन । गफ र कुरा मात्र होइन कि कामै गरेर उनले सुदुर पश्चिम रोयल्सलाई जसरी स्थापित गराए र यसको वजन बढ़ाए यसको लागि उनि तारिफको पात्र बनेका छन -‘ यो त शुरूवात मात्र हो । नेपालमा क्रिकेटको बिधामा धेरै काम गर्न सकिन्छ । नेपाली क्रिकेटसंग मितेरी गांस्दै र सहकार्य गर्दै अगाडि बढ्ने हाम्रो योजना र सोचलाई मुर्त रूप दिन हामीले पाएको साथ र समर्थन अनि समग्र नेपाली क्रिकेट क्षेत्रले बनाएको वजन कम गौरब गर्न लायकको छैन -‘ सुदुर पश्चिम रोयल्सका स्वतन्त्र प्रताप शाहले भने ।