NRN
आरुघाट युवा क्लबद्वारा भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत र पुन:स्थापनाका लागि आरुघाट युवा क्लबले आर्थिक सहयोग उपलब्ध गराएको छ।

आरुघाट गाउँपालिका-९, गोरखामा रहेको यस क्लबले आरुघाट नेवा: गुठी समाज, काठमाडौँसँगको समन्वयमा संकलन गरेको ८ लाख ७ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको हो।

क्लबका सदस्यहरू र विभिन्न देश तथा शहरमा रहेका सहयोगी महानुभावहरूको स्वैच्छिक योगदानबाट संकलित उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्न लागिएको क्लबले जनाएको छ।

यस अभियानमा नेपालभित्र रहेका सदस्यहरूका साथै अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा रहेका महानुभावहरूले पनि आर्थिक सहयोग गरेका छन्।

सबैभन्दा बढी सहयोग गर्नेहरूमा वीरेन्द्र कुमार श्रेष्ठ (१ लाख ३० हजार), लक्ष्मी किशोर श्रेष्ठ (१ लाख) र सुरेन्द्र लाल जोशी (९१ हजार) रहेका छन्। अन्य ५८ जना सहयोगी दाताहरूले आफ्नो क्षमता अनुसार योगदान पुर्‍याएका छन्।

आरुघाट युवा क्लब र आरुघाट नेवा: गुठी समाज काठमाडौँले यस पुण्य कार्यमा सहभागी हुने सम्पूर्ण दाताहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

साथै यस क्लब सदस्य श्री प्रमोद कुमार श्रेष्ठले जानकारी गराएका छन र आगामी दिनमा प्रकोप आएको खण्डमा सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नु भयो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update