NRN
काठमाण्डौ महानगर पालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबिच भेटघाट

काठमाण्डौ महानगर पालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबिच भेटघाट भएको छ । भेटमा काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिभलमा सहकार्य गर्नेबारे छलफल भएको छ । कार्यवाहक प्रमुख डंगोलले यो इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुने जानाकरी दिनु भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ मा काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुने बताउनुभएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग आफ्नै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्दै उहाँले भन्नुभयो, ‘महानगरपालिकाको काम चलचित्र होइन । तर, रचनात्मक उद्योगको विकासमा समुदाय जोड्ने सशक्त माध्यम हो ।

यसकारण हामी फिल्म फेस्टिभल आयोजना गर्दैछौँ ।’ महानगरपालिकाले आयोजना गर्ने फेस्टिभलमा अष्ट्रेलियन कलाकार, चलचित्र निर्माता, निर्देशक, प्राविधिकहरुलाई सहभागी गराउन चाहेको धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले, नेपालमा चलचित्र क्षेत्रका पेशाकर्मीहरुको क्षमता विकास, समुदाय तथा शैक्षिक प्रतिष्ठानमा चलचित्र शिक्षा र सचेतना, अध्ययन अनुसन्धान तथा चलचित्रमार्फत रचनात्मक उद्योगको विकास गरेर स्थानीय जीवनस्तर सुधारमा सहकार्य गर्न सकिने बताउनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update