NRN
काठमाडौका मेयर बालेन साहले माघ ५ गते राजीनामा दिने

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले माघ ५ गते राजीनामा दिने भएका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन मेयर शाह राजीनामा दिने तयारी गरेको उनकाे सचिवालयले जनाएकाे छ।

बालेन लेझापा-५ बाट आगामी निर्वाचन लड्ने तयारी गरेका छन्। उनले ५ गते राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरेकाे बताइएकाे छ।

झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। बालेन ओलीसँग उक्त क्षेत्रबाट चुनाव लड्नेगरी छलफलमा छन्। 

  •  

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update