NRN

Election-Comession_s19gdEc0e2.-1766988503.jpg
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची आजसम्म बुझाउन सक्ने भएका छन् । आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दै आइतबारदेखि समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन समय दिएको थियो। सोही कार्यक्रमअनुसार दलहरूले आज कार्यालय समयभित्र अनिवार्य रूपमा बन्दसूची पेस गरिसक्नुपर्नेछ।​

आइतबार नै केही राजनीतिक दलहरूले आयोगमा आफ्ना समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन् भने बाँकी दलहरूले आज अन्तिम समयमा सूची दर्ता गराउने तयारी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update