NRN
शैक्षिक हडतालको प्रभावः राजधानीका धेरै विद्यालयहरु बन्द

काठमाडौँ । सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत जारी गर्दै पठनपाठन स्थगित गरिएको जानकारी गराएका छन् ।

जनपक्षीय विद्यार्थी युनियन, नेपाल नामक संगठनले शैक्षिक हडतालको घोषणा गरेपछि यसको असर काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक संस्थामा परेको हो । हड्ताल गर्ने  संगठनबारे खासै नसुनिएपनि अहिलेको विषम् परिस्थितिलाई ध्यानमा राखेर विद्यालय बन्दको निर्णय लिइएको एक विद्यालय सञ्चालकले बताए ।  

उक्त विद्यार्थी संगठनले जनविरोधी शिक्षा प्रणाली, शिक्षाको व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीको विरोधमा हडताल गरिएको जनाएको छ । संगठनले निःशुल्क शिक्षा, विद्यार्थी भत्ता, निजी विद्यालयको शुल्क कटौती, निःशुल्क इन्टरनेट, शिक्षा प्रणाली सुधारलगायतका माग अघि सारेको छ । हड्ताल गर्ने विद्यार्थी संगठनको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) भएको बुझिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update