- राजन घिमिरे
संसार भर छरिएर रहेका नेपाली हरु द्वारा नेपालका लागि नेपाली नै भन्ने मूल मन्त्र का साथ स्थापित नेपालमै सबैभन्दा ठूलो स्वयंसेवी तथा गैर–नाफामुखी परोपकारी संस्था हेल्प नेपाल नेटवर्क (HeNN) ले यस वर्ष शिक्षा, स्वास्थ्य, राहत–उद्धार, बाल संरक्षण तथा महिला सशक्तिकरणका क्षेत्रमा देशभर प्रभावकारी काम गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
दुर्गम भेगदेखि शहरी बस्तीसम्म फैलिएको संस्थाको कार्यक्षेत्रले हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको संस्थाले जनाएको छ।
शिक्षा क्षेत्र : यो वर्ष हेल्प नेपालले सिन्धुपाल्चोक, दोलखा, दोल्पा, धुलिखेल, डोटी, प्युठान, रसुवा, आछाम, बैतडी लगायतका जिल्ला लक्षित गरी पुस्तकालय, शौचालय, खानेपानी संरचना निर्माण, शिक्षक तलब सहयोग, शैक्षिक सामग्री वितरण र E–Library स्थापना जस्ता कार्यक्रम सम्पन्न गरेको छ।
श्री सिपाटिङघरे संस्कृत माविमा पुस्तकालय भवन, श्री राजकुलेश्वर आधारभूत विद्यालयमा शिक्षक तथा केयरटेकरको वार्षिक तलब, पञ्चकन्या विद्यालयका चार शिक्षकका लागि तलब–सहयोग, धुलिखेल बालगृहमा डिजिटल पुस्तकालय, तथा २०० भन्दा बढी बालबालिकालाई न्यानो कपडा–झोला वितरण यस वर्षका मुख्य उपलब्धि हुन्।
स्वास्थ्य सेवा : कठिन भूगोलमा जीवनोपयोगी उपचार मुगु जिल्लामा सञ्चालनमा रहेको हेल्प नेपाल स्वास्थ्य चौकी – मुर्मा ले वर्षेनी २००० भन्दा बढी स्थानीय बासिन्दालाई प्राथमिक र आपतकालीन उपचार प्रदान गरेको छ। यस्तै, बर्दियाको नगर अस्पताललाई Portable USG, Infant Radiant Warmer र Emergency Trolley हस्तान्तरण, टिलगंगा आँखा अस्पतालसँग सहकार्यमा आँखा शिविर, तथा HPV खोप अभियान संस्थाको स्वास्थ्य क्षेत्रमा केन्द्रित कार्यक्रम हुन्।
बाजुरा जिल्लामा ६०० महिला–किशोरीका लागि निःशुल्क स्यानिटरी प्याड वितरण योजना घोषित गरिएको छ।
आपतकालीन राहत–उद्धार : हेल्प नेपाल नेटवर्कले दोलखा, म्याग्दी, सिन्धुपाल्चोक, इलाम लगायतका बाढी–पहिरोपीडित क्षेत्रमा टेन्ट, टार्पोलिन, खाद्यान्न, औषधि, अस्थायी आवास र आपतकालीन सामग्री वितरण गरेको छ । जाजरकोट, रुकुम पश्चिम, बाजाङका भूकम्प–पीडितलाई खाना, ट्रिपाल, कम्बल र औषधि समेत वितरण गरेको छ । दाङ र तनहुँका बालबालिकालाई न्यानो कपडा वितरण संस्था–द्वारा सञ्चालित मानव–केन्द्रित सेवा का अतुलनीय उदाहरण हरु हुन ।
बालगृह : २४ बालिकाको दीर्घकालीन संरक्षण
धुलिखेल हेल्प नेपाल बालगृहमा आश्रित २४ बालिकाको शिक्षा, स्वास्थ्य, आवास र जीवन–कौशलका कार्यक्रम निरन्तर सञ्चालनमा छन्। यस वर्ष SEE मा उत्कृष्ट नतिजा र Grade 12 मा GPA 3।24 ल्याई सिता सिंह संस्थाको गौरव बनेकी छन्।
सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ र कानुनी सचेतना सत्र संस्थाको पारदर्शिता–प्रति उच्च प्रतिबद्धताको सूचकका रूपमा उल्लेख गरिएको छ।
संस्थाका प्रवक्ता तथा पूर्व BBC नेपाली सेवाका पत्रकार भगिरथ योगी भन्छन :- पीडामा परेका मानिसहरूको आँखामा अजम्बरी अपेक्षा हुन्छ, हेल्प नेपाल त्यही अपेक्षाको बीच उभिन सक्ने संस्था हो। मैले पत्रकारितामा धेरै संवेदनशील क्षण देखेँ, तर यहाँ हजारौं साधारण मानिसको असाधारण उदारता देख्दा मानवता अझै बाँचेको छ भन्ने दृढ विश्वास पलाउँछ।”
यसैबीच संस्थाका अध्यक्ष अरुण सिंह बस्नेत भन्छन - “हेल्प नेपाल नेटवर्क यो हजारौं स्वयंसेवकको मन, समय र कर्मले बटुलेको जीवन–उद्धार अभियान हो। हामी रात–दिन देशभरका कठिन भूगोलमा काम गर्न सक्षम हुनु विदेशी भूमिमा बसेका नेपालीहरूको निरन्तर आशीर्वादको परिणाम हो। आगामी वर्ष हामी अझ प्रभावकारी कार्यक्रमसँग अघि बढ्नेछौँ।”
हेल्प नेपाल नेटवर्क को अन्तरास्ट्रिय नेतृत्व सम्हालेका स्वयंसेवक - डिला खरेल ले भने , “हामी विदेशमा बस्छौँ, तर हाम्रो मुटु अझै नेपालकै लागि धड्किन्छ। हेल्प नेपाल नेटवर्कको प्रत्येक गतिविधि हाम्रो सामूहिक करुणा र उत्तरदायित्वको प्रतिरूप हो। सानो–सानो सहयोगले कसैको जीवनमा अकल्पनीय परिवर्तन ल्याइदिन्छ भन्ने विश्वासले हामीलाई हरेक वर्ष अझ दूर–दराज पुग्ने प्रेरणा दिन्छ ।
यसै गरि स्वयंसेवक - डिला खरेल ले हेल्प नेपाल नेटवर्कले विश्वभरका नेपाली समुदायलाई सेवा, परोपकार र स्वयंसेवालाई जीवनशैलीका रूपमा अंगीकार गर्न आह्वान समेत गरेका छन ।
संस्थाका गतिविधि, वित्तीय पारदर्शिता र स्वयंसेवा संरचना संस्था को वएव साइट https://helpnepal.net/ मा सार्वजनिक गरिएको छ।



