NRN

 

Nepali-Congress-1764597343.jpg
 

 कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको हो।

 

कार्यतालिका;

  • केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण- मंसिर २० गतेभित्र
  • प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि- मंसिर २४ गतेभित्र।
  • एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि- पुस ८ गतेभित्र।
  • एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि- पुस १० गतेभित्र।
  • दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि- पुस ११ भित्र।
  • नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने- पुस १२ गतेभित्र।
  • क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि- पुस १४ गते।
  • केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित  क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि- पुस १४ गतेभित्र।
  • नेपाली जनसम्पर्क समितिको अधिवेशन- पुस १५ गते।
  • गाउँ/नगर वडा अधिवेशन- पुस १६ गते।
  • गाउँ/नगरपालिका अधिवेशन- पुस १७ गते।
  • प्रदेश सभा क्षेत्रीय अधिवेशन- पुस १९ गते।
  • प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २१ गते।
  • दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २२ गते।
  • प्रदेश अधिवेशन- पुस २३ र २४ गते।
  • केन्द्रीय महाधिवेशन- पुस २६, २७ र २८ गते काठमाडौंमा।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update