NRN
जेनजी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक

प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ । 

मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो । ढुंगानासहितको समूह सिंहदरबारतर्फ लाग्दा गर्दा प्रहरीले अवरोध गरेपछि सुरक्षा घेरा कडाइ गरिएको थियो ।

उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।

सोमबार पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर प्रहरीले गेटैमा राेकेकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update