काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।
उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो । दानबहादुर कार्की आईजीपी भएपछि प्रमुख रिक्त भएको थियो ।
कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवतः बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्


