NRN
३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी

आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गिरी ३ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितुले अनामनगर स्थित एक रेकर्डिङ स्टुडियोमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।

पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update