बाराको सिमरामा आज पनि जेनजी युवाको प्रदर्शन
बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजी युवाले आज बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ १२:३४
प्रतिक्रिया दिनुहोस्

