NRN
जिल्ला प्रशासन कार्यालय बाराले गर्यो सिमरामा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।

युवा संघको कार्यक्रममा सहभागी हुन एमाले महासचिव पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा जाँदै थिए । 

एमाले नेताहरू आउने थाहा पाएपछि जेनजीको एउटा समूहले विमानस्थल घेरा गरेको थियो । प्रदर्शनका कारण एमाले नेताहरू अच्युत मैनाली, किसान श्रेष्ठ लगायत नेताहरू विमानस्थलभित्रै रोकिएका थिए ।

एमालेनिकट युवा संघको जागरण सभालाई लिएर सिमरा विमानस्थलमा तनाब सिर्जना भएको हो । वातावरण अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको हो ।

582289234_1363467655445718_4281091874996632571_n-1763534434.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update