प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ ।
गत कात्तिक १६ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे पालना नगरेको भन्दै अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका थिए । सोही रिटको मुद्दाको पेसी मंसिर ७ गते तोकिएको सर्वोच्चले जनाएको छ ।
सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो।
निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो ।

