राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाको नयाँ मतदाता नामावली दर्ता
राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् ।
आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ मतदाता नामावली संकलन खुला गरिएको दिनदेखि कात्तिक ३० गतेसम्मको अवधिमा कुल दर्ता संख्या यति पुगेको हो ।
आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ ।
अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १२:५८
प्रतिक्रिया दिनुहोस्

