NRN
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो ।

सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ ।

आयोगले यसअघि, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यस्तो निर्णयबारे जानकारी गराइएको छ । 

581054077_10230186980485242_6683613263974039744_n-1763016998.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update