NRN
हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा पक्राउ

हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए ।

हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतल २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।

पक्राउ परेका लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि नख्खु कारागार पठाइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update