NRN
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन् ।

जेनजी आन्दोलन क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका बम्जनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नै पक्राउ गरेको हो ।

सिन्धुली दुधौली नगरपालिका-७ घर भएका बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान हुन् । भद‍ौ दोस्रो साता पक्राउ परेका उनीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको थियो ।

बम्जनले नै जिबीलाई कास्कीको सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएका थिए । 

बम्जनको कम्पनी र सहकारीमा काम गर्न थालेपछि जिबी राईका उनका बहिनी भगवती बम्जनसँग दोस्रो विवाह गरेका थिए । भगवती पनि अहिले जिबी राईसँगै सहकारी ठगी अभियोगमा फरार छिन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update