सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।
विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगेका हुन् ।
स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो ।
शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।
शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगेका हुन् ।
उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने उनको सचिवालयले जनाएको छ ।


