एसएसपी प्रकाश रानाभाटले दिए संगठनबाट राजीनामा
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले संगठनबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् ।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।
आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले बताएका छन् ।
राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ १४:३६
प्रतिक्रिया दिनुहोस्


