सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
बुधबार बिहान उद्धारका लागि काठमाडौंबाट उडेको उक्त हेलिकोप्टर लुबुचेमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको सकुशल उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ १२:०३
प्रतिक्रिया दिनुहोस्


