NRN
हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्धारा उद्धार

हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो ।

भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार  गरिएको सैनिक मुख्यालयले बताएको छ ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update