NRN
जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबार दक्षिण गेटमा धर्ना

जेनजी आन्दोलनका घाइतेहरूले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् ।

आन्दोलनको बलमा प्रधानमन्त्री, मन्त्री भएकाहरूलाई आफ्नो माग राख्न छिर्न खोज्दा प्रवेश नदिइएपछि उनीहरू गेटमै धर्ना दिएर बसेका हुन् । घाइतेहरू अस्पतालको रिपोर्टसहित सिंहदरबार गेट पुगेका थिए ।

प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने तयारी भएपनि प्रवेश नै नपाएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update