प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार राम रावल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रेस संयोजकमा पत्रकार राम रावललाई नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको हो ।
२०६० सालबाट पत्रकारिता सुरू गरेका रावलले दृष्टि साप्ताहिकमा एक वर्ष, नेपाल साप्तिाहिकमा १० वर्ष , कान्तिपुर टेलिभिजनमा साढे तीन वर्ष , नेपाल खबर लगायतमा काम गरेका थिए ।
रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक पनि हुन् ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ ११:३०
प्रतिक्रिया दिनुहोस्