NRN
प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी

नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।

एक युट्युब च्यानलमा कुराकानीको क्रमाम सुवेदीले जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए ।

विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको जानकारी दिए ।

उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update