NRN
नेविसंघले दियो बालेन र सुदनविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सम्पत्ति क्षतिमा उनीहरूको संलग्नता रहेको भन्दै अनुसन्धानको माग गरिएको हो । नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको छ ।

विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरुले २४ घण्टाभित्र उजुरी गर्दा गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।

यसअघि सुदन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए । नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update