NRN
सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको कारण सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।

सर्वर मर्मत सम्भारको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार प्रणाली मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा सुचारु गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update