_GWyqHOUJ1h-1758260104.jpg)
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो ।
समारोहमा नेपाली सेनाले विभिन्न कलाकौशल प्रदर्शन गरेको थियो ।
जेनजी आन्दोलनपश्चात उत्पन्न राजनीतिक परिस्थितिले यस वर्षको समारोहलाई पनि प्रभावित पारेको छ । विगतमा जस्तै सांस्कृतिक झाँकीलगायत विशेष प्रस्तुति राखिएको थिएन । तर नेपाली सेना र सुरक्षाकर्मीहरूले ब्याण्डमार्फत सांगीतिक प्रस्तुति दिएका थिए ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।