NRN
लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य बन्द गरेको छ । 

विभागले एक विज्ञप्ति जारी गर्दै विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको जनाएको हो ।

विभागका अनुसार भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागले दिने सेवा प्रणालीमा क्षति पुगेको हो ।

जस कारण सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवामा अवरोध भएको विभागले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update