भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

नेपाली सेनाले भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न अनुरोध गरेको छ ।
शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषणहरू आएको भन्दै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको हो ।
विहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको सक्रियताबारे अनेकौं हल्लाहरू फैलिएका थिए । त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्