त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ ।
असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो ।
जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ ०९:५२
प्रतिक्रिया दिनुहोस्