पोखरामा पनि लाग्यो कर्फ्यु

जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीच चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ ।
आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १५:२०
प्रतिक्रिया दिनुहोस्