प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु

काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् ।
सोमबार दिउँसो घाइते भएका प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृत्यु हुनेको परिचय खुलेको छैन । आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो ।
घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १४:२१
प्रतिक्रिया दिनुहोस्