NRN
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए । प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो ।

जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा सोमबार प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update