संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस र लाठी

भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका छन् ।
माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् ।
ब्यारिकेड तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल र केही युवाहरुलाई प्रहरीले लाठी प्रहारसमेत गरेको छ । प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने क्रममा निषेधाज्ञा उल्लंघन भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।
माइतीघरबाट अघि बढेका प्रदर्शनकारीहरू पनि अन्ततः संसद भवन अगाडि जम्मा भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्