NRN
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन

काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन भइरहेको छ । सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन सुरू गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै माइतीघरबाट बानेश्वर पुगेका  छन् । बानेश्वरमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका छन् ।

भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन् । प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने भनिएको छ । 

काठमाडौंबाहेक पोखरा, विराटनगर,वीरगन्जमा लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update