NRN
नेपाल प्रहरीका महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न पाएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन् । 

१३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् । दर्ज्यानी चिह्न लगाएपछि उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्ने छन् ।

नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन् ।

प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन् । प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update