नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । उनलाई मंगलबार बेलुकी स्वास्थ्यमा समस्या देखिएपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो ।
श्रेष्ठको नियमित फलोअपका लागि उनलाई गंगालाल अस्पताल लगिएको सचिवालयले जनाएको छ ।
अध्यक्ष श्रेष्ठको यसअघि गत वैशाखमा टोखास्थित ग्रान्डी अस्पतालमा उपचार भएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२ १२:०५
प्रतिक्रिया दिनुहोस्