NRN
विपिन जोशीको आमा र बहिनीले गरे राष्ट्रपतिसँग भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको आमा र बहिनीले भेट गरेका छन् ।

हालै इजरायलबाट फर्केका उनीहरूले आइतबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई यस्तो आग्रह गरेकी हुन् ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे ।

पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी छन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

यसअघि पद्माले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोराको रिहाइका लागि पहल गरिदिन अनुनय गरेकी थिइन् ।

इजरायले हमास लडाकु समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि महेन्द्रनगरका विपिन बेपत्ता भएका थिए । त्यसपछि उनको अवस्था अज्ञात छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update