NRN
प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ प्रतिनिधिसभामा पेस भएको छ । 

समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । समितिले बिहीबार विधेयक पारित गरेको थियो । 

समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update