राजनीतिक वाकयुद्धको मारमा परेको वर्तमान मुलुकले मुक्तिको अनुभूति गर्न सकिहाल्ने अवस्था देखिँदैन । आन्तरिक रुपमा आफैंभित्रको लोकतन्त्रलाई संस्थागत गर्न नसकेका
विद्यम्ान राजनीतिक दलहरूले कसरी सहमति, सहकार्य र एकताको दर्शनलाई आत्मसात गर्न सक्लान् - यो गम्भीर प्रश्न जताततै छाएको छ । नेपाली कांग्रेस-कोइरालावाद र
इतर शक्तिलाई कांग्रेसीजनले मूल्यांन गर्न नसकेको वर्तमानभित्र कांग्रेस आफूलाई खुम्च्याउँदै छ । विगत लामो समयदेखि जनतालाई रैतिबाट नागरिक बनाउने मोर्चाको नेतृत्व
सम्हाल्दै आएको पार्टर्ीीवर्तमानमा आइपुग्दा धर्मराउन थालेको छ । आफ्नो गन्तव्यलाई छिचोल्न सकेको देखिँदैन । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि
मुलुकभित्र विद्यमान राजनीतिक शक्तिहरूले दुरदृष्टि र अठोट लिन सके असफल हुने भन्ने सवाल नै छैन । राणा शासनदेखि देश र जनताको लोकतन्त्रप्रति प्रतिबद्ध र हरेक
परिवर्तनको सम्बाहक पार्टी गति लिन नसक्दा जनताले अपेक्षा गरेको जस्तो परिर्वनको अनुभूति हुन नसकेको एक कारण हो ।
जनआन्दोलनको भावना, सहिदको सम्मान र जनताको चाहनाहरूलाई राजनीतिक दलहरूले उपेक्षा गरिरहेका छन् । जनताको भावनालाई सम्मान गर्न नसके कुनै पनि शक्ति
राजनीतिक रजतपटमा छाइरहन सक्दैन । नेपाली कांग्रेसका स्व. नेता एवं महामानव विपी कोइराला आफ्नो जीवनको अन्तिम अवस्थासम्म पनि लोकतान्त्रिक आन्दोलनको
वैचारिक-दार्शनिक पक्षको मात्रै नभएर त्यसले नागरिक जीवनमा पार्ने प्रभावका तहहरूको पनि व्याख्या र विश्लेषण गरिरहनु भएको थियो । वास्तवमा होनहार प्रजातान्त्रिक नेता
विपीले नेपालको लोकतान्त्रिक आन्दोलनको कुनै चरणलाई पनि गर्नु भएको कुशल नेतृत्व र व्याख्यालाई अलग राख्दै सकिँदैन । २०६२–६३ को जनआन्दोलन पश्चात्
मुलुकभित्र उदाएको राजनीतिक दलहरू र नेपाली का्रग्रेसमा देखिएको अलमल र अन्योल एवं लोकतान्त्रिक अभ्यासमा देखिउको दिशाहीनता, विपीले गर्नुभएको लोकतान्त्रिक
आन्दोलनको वैचारिक दार्शनिक व्याख्यालाई कांग्रेस पार्टी मार्गदर्शन मान्न नसक्नु र व्यवहारमा परिणत गर्न नसक्नुले नै कांगेस अब जिपी कोइरालावाद तर्फउन्मुख भएको
छ ।
कांग्रेस र कोइरालावाद पर्यायवाची शब्द हुन् । कांग्रेसको स्थापना र नेपालको प्रजातन्त्रको शंखघोष गर्न लागिपरेको कोइराला परिवारभित्र विपी कोइरालाको शेष पश्चात् जिपी
कोइरालाले नेतृत्व सम्हाल्दै आउनुभएको छ । राजनीतिक वृत्तमा सदावहार राजनेता जिपी कोइरालाले आफ्नो राजनीतिक यात्रा पश्चात् कांग्र्रेसको नेतृत्व कोइराला परिवारमा नै
रहोस् भन्ने मौन चाहनाले पार्टीएउटा कम्पनीमा परिणत हुन थालेको गुनासो स्वयं कांग्रेसीहरू नै गर्ने गर्दछन् । जिपी कोइरालाले हुकुमी शैलीमा पार्टी लाएको आरोप लाग्ने गरे
पनि उनले राजनीतिबाट सन्यास लिएमा कांग्रेसभित्र कांग्रेस हाँक्ने जुझारु नेता नै देखिँदैन । शेरबहादुर, सुशील, रामचन्द्र, जिपी कोइराला पछाडिका नेता हुन् तर उनीहरूबीचको
एकता, भावना र पार्टी अभिव्यक्ति एक आउन नसकेका कारण पार्टी गुटबन्दीमा फसेको देखिन्छ ।
पछिल्लो समयमा जिपी कोइरालाले पुत्री सुजाता कोइरालाको नेतृत्वमा सरकारमा पठाएपश्चपात् कांग्रेसभित्र ठूलो मतभेद बढ्दै गएको छ । त्यो मतभेदलाई कांग्रेसले आन्तरिक
व्यवधान भने पनि वाह्य शक्तिले कांग्रेसभित्र खेल्ने अवसर पाइरहेका छन् । कांग्रेस इतर शक्तिहरूले सुजाता कोइराला, सुशील, रामचन्द्र, शेरबहादुर या जिपी कोइराला, जसलाई
प्रयोग गरे पनि कांग्रेस कमजोर हुने तीतो सत्य बिर्सिएर आन्तरिक विवादलाई बाहिर ल्याइरहेका छन् । इतर शक्तिहरूको कांग्रेसभित्रको चलखेलले मुलुक अस्तव्यस्त भएको
छ । स्वयं कांग्रेस पनि अस्तव्यस्त भएको छ । कांग्रेसका नेताहरूले नयाँ ढंगबाट मुलुक र आम नागरिकको भावना मुताविक प्राण मर्ने हो भने लोकतन्त्रको हिमायती पार्टर्
ीीई जनताले साथ दिनेछन् । हुकुमी शैली, नातावाद, कृपावाद र आशिर्वादको जगजगी पार्टीभित्र गर्ने हो भने कांग्रेस केही दशकभित्रमा हराउने छ । समयमा नै चेतना हुनु
जरुरी देखिन्छ ।