Banner Page
     
 
 
 
 
Greenford International University
 
  Home   About   Photo Page   Contact   Contact
 
| आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन | | सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल | | प्रधानमन्त्रीबारे चाँडै नयाँ निर्णय लिइनेः दहाल | | इराकमा अमेरिकी सैन्य अभियान सकियो-ओबामा | | ग्लोबल वार्मिङबाट जलसंकट बढ्ने ! | | भक्तपुरमा वालक अपहरणकारीहरू पक्राउ | | अग्नि एयरको ब्ल्याक बक्स फेला पर्र्यो ! | | टेलिकमको नयाँ सेवा वाइफाई इन्टरनेट सञ्चालनको तयारीमा |
   अन्तर्वार्ता
   अर्थ समाचार
   कबिता
   खेल समाचार
   गित गजल
   गैर आवासिय खबर
   नेपाल समाचार
   प्रश्न तपाईको जवाफ वकील साबको
   बिचार
   ब्रेक्रिङ्ग न्यूज
   मनोरन्जन
   मानव अधिकार
   राजनैतिक
   विश्व समाचार
   व्यक्ति व्यक्तित्व
   सम्पादकीय
   साहित्य
Left Content



साहित्य
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु । तर मन कसिन सकेन मायाको पोको खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो । मलाई पनि अभिलाषाका मृगतृष्णाहरू मेट्ने धोको थियो बाँकी अंश...
गैर आवासीय नेपाली
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी अंश...

Untitled Document
Weather
नेपालको तापक्रम
News Details Page
अन्तर्वार्ता
संविधान निर्माणको लागी गम्भीर रुपमा छलफल भइरहेको छ
संविधान निर्माणको लागी गम्भीर रुपमा छलफल भइरहेको छ

० मुलुकको वर्तमान स्थिति बताइदिनुस् न ?
 हामी संविधानसभामा संविधन निर्माणको प्रक्रियामा लगभग ११ वटा मस्यौदाहरू मध्येको अन्तिम मस्यौदा राज्यको पर्

ुनर्संरचनासम्बन्धी छलफलमा भाग लिइरहेका छौं । यी विषयहरूमा गम्भीर रुपमा छलफल भइरहेको छ । संविधान निर्माणको बाटो

एकातिर यस्तो छ भने अर्कोतिर संविधान निर्माण प्रक्रियामा जुन विषयवस्तुहरू आएका छन् ती आफैंमा विवादास्पद छन् । जसले यो

मुलुकमा बहुभाषिक, बहुजाति, बहुसांस्कृति विविधताले भरिएको मुलुकलाई राज्य पुनर्संरचनामा जा“दाखेरी जसरी धर्म र जातको नाममा

राज्य निर्माण गर्दै छौं, यसले मुलुकलाई विखण्डनतिर लैजाने अहिलेको वर्तमान परिस्थितिले देखिन्छ । मुलुकका सबै राजनीतिक दलहरूले

अत्यन्त गम्भीरताका साथ हामीले यो धर्तीको माटोलाई समातेर नेपाली जनताको हितमा, दलित, महिला र जनजाति हितको तर्राई, पहाड,

मधेस सबै नेपालको विविधताको बीचमा एकताका साथ अगाडि बढ्न सक्नु पर्दछ । तर त्यो गम्भीरता अहिले संविधानसभामा देखिएको

छैन । गम्भीरताका साथ अगाडि नबढ्ने हो भने भोलि हाम्रो परिस्थिति के हुन्छ भनेर अहिले कल्पना गर्न पनि सकिन्न । अर्कातिर

मुलुक शान्ति, सुरक्षाको अभावका कारणले अराजकता, दण्डहीनता,  दिनदहाडै हत्या, हिंसा बढ्दो छ, जनताको दैनिक उपभोग्य वस्तुको

भाउ वृद्धि प्लेन उडेको गतिमा बढेको छ, जनता चेपुवामा छन् । ती चेपिएका, पिल्सिएका जनतालाई कसरी उद्धार गर्न सकिन्छ भन्ने नै

आजको चिन्ताको विषय हो भन्ने मलाई लाग्छ ।
० तपाईले वर्तमान सरकार असफल भएको हो भन्न खोज्नुभएको हो ?
 यो सरकार लगभग असफलताकै बाटोतर्फगएको छ । यो सरकारले जनताका बीचमा जुन प्रतिबद्धताहरू व्यक्त गरेको थियो,

जनतालाई जुन आशा र भरोसा देखाएर सरकारमा पुग्यो, त्यो आशा र भरोसालाई पर्ूण्ाता दिन सकेको परिस्थिति छैन । यो सरकारले

मुलुक र जनतालाई के राहत दियो त - भन्ने एउटा पनि चिज हामीस“ग भन्ने परिस्थिति छैन । आहात बाहेक जनताले केही पाएका

छैनन् । देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म कहा“ रिबन काट्न र उद्घाटन गर्न पाइन्छ अथवा कहा“ आफ्नो मन्त्रालय अर्न्तर्गतमा

रहेका पदहरूलाई लिलामी बढाबढ गर्न सकिन्छ, त्यतैतिर मात्र व्यस्छ छन् । जनताको समस्या जनताको विकास निर्माणको कुरा,

जनताका दैनिक आवश्यकतादेखि लिएर सा“च्चिकै जनताका पक्षमा काम गर्न नसकेको वास्तवमा हामीले स्वीकार्नै पर्दछ ।
० नेपाली कांग्रेसका एकथरि नेताहरूले यो सरकारको विकल्प छैन भनिरहेको अवस्थामा तपाईंलगायतका युवा नेतृत्व सरकार

छोड्नर्ुपर्छ भन्दै हुनुहुन्छ, तपाईंको विचारमा वर्तमान सरकारको विकल्प के त ?
 अहिले हामी सरकारको विकल्प पनि खोजिरहेका छैनौं । असफलतातर्फसरकार उन्मुख भएको भने सत्य हो । सत्य

कुरालाई सत्य बोल्नै पर्छ । हामीले जेठ १४ गते यो मुलुकमा जनतालाई लोकतान्त्रिक संविधान दिनु छ । जनताको भावना र चाहना

अनुसारको संविधान निर्माण गर्नु छ । त्यो संविधान निर्माण गर्नैका लागि राष्ट्रिय सरकारको आवश्यकता छ । त्यो राष्ट्रिय सरकारमा

माओवादीलाई अनिवार्य समावेश गर्नुपर्ने परिस्थिति छ । माओवादीलाई समावेश नगर्ने हो भने संविधान निर्माणको हरेक प्रक्रियामा

अप्ठ्यारा परिस्थितिहरू सिर्जना हु“दै जान्छन् । वर्तमान एमाले नेतृत्वको सरकारले सबैलाई मिलाएर जसरी राष्ट्रिय सरकार गठन गर्न

सक्नुपथ्र्यो त्यो नसकेको अवस्था छ । त्यसैले अहिले माओवादीहरूमा पनि यो सरकारको विकल्पमा जसले राष्ट्रिय सरकार गठन गरी

संविधान निर्माणका प्रक्रियाहरू सहजताका साथ अगाडि बढाउ“छ भने नेतृत्व जसले गरे पनि हामी तयार छौं भन्ने खालको परिस्थिति

यदाकदा देखिन थालेको छ । उहा“हरूले आफू नेतृत्व गर्र्छौं भन्ने दाबीलाई अलि पछि हटेर मुलुकलाई संकट परेको बेलामा मुलुकलाई

दिशानिर्देश र नेतृत्व गर्न सक्ने क्षमता भएको पार्टर्ीीेपाली कांग्रेस हो । इतिहास साक्षी छ कि जबजब मुलुकमा संकट गर्दै आउ“छ,

तबतब नेपाली कांग्रेसले आफ्नो हातमा नेतृत्व लिएको छ । अहिले मुलुक जुन संकटको दलदलमा फसेको छ, त्योबाट मुक्ति पाउनका

लागि पनि नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको आभाष हुन थालेको छ । हाम्रो पार्टर्ीीत्र त्यो नेतृत्व लिन सक्षम युवाहरू पनि

छन् र दोस्रो तहका नेताहरू पनि रहेका हुनाले कसैले नेतृत्व गरिदिनु पर्छ भन्ने दर्रि्रता राख्नु पर्ने भन्ने कारण नै हामीलाई छैन ।
० तर यही विषयमा माओवादीले संस्थागत निर्ण्र्ाानगरी नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ

नि ?
 उनीहरूले जुन प्रस्ताव गरेका छन्, त्यसलाई हामी सहज रुपले स्वीकार्दैनौं । किनभने उनीहरूको 'फुटाउ अनि राज गर'

भन्ने खेलभित्र यो प्रस्ताव आएको हो भन्ने मलाई लाग्दछ । उनीहरूको खेललाई अत्यन्त गम्भीरताका साथ हामीले हेरिरहेका छौं ।

सहमति हुन्छ भने प्याकेजमा सहमति गरौं । तीनवटा ठूला राजनीतिक दल कांग्रेस, एमाले र माओवादी सहमतिमा आएर प्याकेजमा

सहमति हुन सकेको खण्डमा मात्रै सम्भावना हुन्छ । अहिले हामीले एमालेलाई विश्वासको मत दिएका छौं । त्यसैले कांग्रेसले आफ्नो

विश्वासमा एमालेलाई नलिई हावाको भरमा यस्ता काम गर्दैन ।
० सभापतिले कांग्रेस संसदीय दललाई वास्ता नगरी माओवादीको प्रस्ताव स्वीकार गर्नुभयो भने के होला -
 गिरिजाबाबुको एकल नेतृत्वमा चलेको पार्टर्ीीेपाली कांग्रेसलाई हामीले सामूहिक नेतृत्वमा रुपान्तरण गरिसक्यौं ।

महासमितिको बैठकले धेरै निर्ण्र्ाारू गरिसकेको छ । गिरिजाबाबुले नचाह“दा नचाह“दै पनि महासमितिको बैठक सम्पन्न भयो ।

महामन्त्री, कोषाध्यक्ष के केन्द्रीय समितिको ८० प्रतिशत चुनावमा जाने पनि महासमितिले निर्ण्र्ाागर्žयो । गलत निर्ण्र्ाागर्न थाल्नुभयो

भने त्यो दर्ुभाग्यपर्ूण्ा हुन्छ । त्यो दर्ुभाग्यपर्ूण्ा निर्ण्र्ााअब हाम्रो नेताबाट हु“दैन, उहा“ले पार्टर्ीीत्र, संसदीय दलभित्रको

सहमतिका साथ अगाडि बढ्नु हुनेछ भन्ने कुरामा हामीलाई अब पर्ूण्ा विश्वास छ । अन्यथा उहा“ले जे निर्ण्र्ाागर्नुहुन्छ त्यो निर्ण्र्

ााशत्प्रतिशत पार्टर्ीीत्र लागू हुन्छ भन्ने मलाई लाग्दैन ।
० माओवादीले संस्थागत निर्ण्र्ाागर्žयो भने कांग्रेसका संसदीय दलका नेताले नै सरकारको नेतृत्व गर्नुहुन्छ -
 माओवादीले संस्थागत निर्ण्र्ाागरेको खण्डमा हामीले एमालेलाई विश्वासमा लिनर्ैपर्छ । एमालेलाई अलग गरेर

माओवादीको प्रस्ताव स्वीकार गरेर सरकार बनाउने बाटोतर्फहामी लाग्दैनौं । किनभने माओवादीले धेरै पटक धोका दिइसकेका छन् ।

उनीहरूस“ग विश्वास गर्ने सहज वातावरण छैन । माओवादी, एमाले र कांग्रेसको सहमतिमा एउटा प्याकेजको रुपमा अगाडि बढ्नुपर्ने

परिस्थिति भयो भने कांग्रेस नेतृत्व लिन तयार एवं सक्षम छ । अनि नेतृत्व कसले गर्ने भन्ने संसदीय दलले निर्ण्र्ाागर्ने विषय हो ।
० माओवादी अध्यक्षको यो कार्ड उच्चस्तरीय संयन्त्र गठन पछि आउनुको पछाडि केही रहस्य छ कि ?
 उच्चस्तरीय संयन्त्र त नेताहरू बस्ने, चिया कफी खाने, गफ गर्ने, मुलुकलाई सही निकाश नदिने, संविधान निर्माण् नगरी

व्यवधान गर्ने हो भने यो संयन्त्रको आवश्यकता पनि थिएन । यो संयन्त्रले मन, बचन र कर्मले हामी वर्तमान समस्याको निकास दिन्छौं

भन्ने राजनीतिक दलहरूले प्रतिबद्धता गर्ने अवस्था आयो भने मुलुकले निकास पाउन पनि सक्दछ । उच्चस्तरीय संयन्त्र गठन भएपछि

माओवादीलाई पनि सुरक्षित अवतरण गर्ने वातावरण बन्यो ।  किनभने यो संयन्त्र नया“ सोच, नया“ ढंग र नया“ उचाइबाट अगाडि

बढी माओवादीका कतिपय मागहरू सम्बोधन होला भन्ने उनीहरूलाई पनि आश छ होला । यो संयन्त्रले मात्र निर्ण्र्ाागरेर सरकार बन्ने

पनि होइन । संयन्त्रले सैद्धान्तिक र नीतिगत कुराहरू, जुन संविधान निर्माण हु“दैछ, त्यो निर्माण क्रममा देखिएका बाधा व्यवधानहरूलाई

समाधानको बाटो दिने काम गर्नु पर्दछ । निर्ण्र्ाागर्ने काम चाहि“ संविधानसभाको हो । तीनवटा नेता बसेर संविधान घोषणा हु“दैन ।

केबल उहा“हरूले सहयोगीको उच्चस्तरमा भूमिका खेल्नु पर्दछ । मेरो बुझाईमा कसलाई प्रधानमन्त्री बनाउने, कसलाई मन्त्री बनाउने

चाहि“ होइन । तर यदाकदा तपाईंले भनेको जस्तै आशंका चाहि“ देखिन्छ ।
० माओवादीले झलनाथ खनाललाई प्रमं. लागि सहयोग गर्ने, उनले नमाने र्सशर्त वर्तमान प्रधानमन्त्रीलाई सहयोग गर्ने, त्यो

पनि नभए मात्र कांगत्त्रेसलाई संस्थ्ागत रुपमा प्रस्ताव गर्ने भन्ने कार्ड फ्या“केका छन् नि ?
 हामीलाई कसले र्सशर्त्त वा निशर्त सहयोग गर्छ भन्ने कुरामा चिन्ता छैन । हामी अहिले सरकारको नेतृत्व गर्न तम्तयार

पनि छैनौं । आवश्यकता परे पछि हट्ने परिस्थिति पनि छैन । संकर्ीण्ाता राख्नु पर्ने कुनै कारण नै छैन किनकि कांग्रेसभित्र त्यो

नेतृत्व गर्न सक्ने एक से एक सक्षम नेताहरू छन् । हामीले अहिले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने लविङ पनि गरेका छैनौं ।
० तर तपाईंलगयत नेपाली कांग्रेसका युवा सभासद्हरूले नेपाली कांग्रेस वर्तमान असफल सरकारबाट फिर्ता आउनु पर्छ

भन्नुभएको छ नि ?
 बोल्दाखेरी एक प्रकारले बोलिन्छ । नौ महिनाको कार्यकालमा यो जुन गतिले अगाडि बढ्नुपथ्र्यो, गरिएका प्रतिबद्धता पूरा

गर्न नसकेको अवस्था छ र सरकार असफल भइसक्यो । यो असफलता स“गस“गै दण्डहीनता, अराजकता, अशान्ति, मह“गी चुलेर गयो

भन्नासाथै सरकार हटाउनर्ुपर्छ भन्न खोजिएको होइन । मैले यो सरकारले गर्न नसकेको कुरा बोल्दा सरकार सच्चिने कुरा हो भन्ने

बुझ्नर्ुपर्छ न कि कांग्रेसको सभासद् फलानोले विकल्प खोज्यो भन्ने बुझ्नु हु“दैन । सच्याएर जाओस् भनेर यो कुरा मैले बोलेको हु“ ।

त्यही भएर 'बाधे बाधे जायती तत्त्व बोध' भन्छन् संवादबाट एउटा निष्कर्षनिक्लन्छ, त्यो निष्कर्षनै अन्तिम र मीठो पनि हुन्छ । म एउटा

सभासद्ले के भने भन्दा पनि नेपाली कांग्रेस संसदीय दलको यो सरकारप्रति र्समर्थन कायम छ । नेपाली कांग्रेस केन्द्रीय समितिको

प्रतिबद्धता कायम छ ।
० तर नेपाली कांग्रेसको नेतृत्व गरी सरकारमा उपप्रधानमन्त्रीले त सरकार एमालेकरण भएको छ, एमाले सत्ता कब्जा गर्न

खोजेको छ, यो अवस्थामा सरकारमा बस्नुको औचित्य छैन भनेर र्सार्वजनिक गरिसक्नु भएको अवस्थामा तपाईंको धारणा के छ ?
 यो उहा“को अत्यन्त हास्यास्पद र कमजोरीपन हो किनभने उहा“ले नेपाली कांग्रेसको नेतृत्व गरी सरकारमा गएको हो ।

नेतृत्व गर्ने उपप्रधानमन्त्रीले क्याविनेटमा बसेर बहस गर्नुपर्žयो, छलफल गर्नुपर्žयो, एमालेकरण भएको भए हुन दिन भएन । उहा“ झण्डा

र डण्डाको लागि मात्र उपप्रधानमन्त्री हुनुभएको होइन । नेपाली कांग्रेसका सभासद्हरूलाई हामी सरकारमा सहभागी छौं वा छैनौं भन्ने पनि

आभाष छैन । उहा“को यो कमजोर मानसिकताको उपज हो । यो कुरा उहा“ले भन्ने होइन अरुले भन्ने हो । उहा“ले नसक्ने हो भने

सक्ने मान्छे कांग्रेसभित्र छन् । यो विषयमा पार्टर्ीी संसदीय दलले के निर्ण्र्ाागर्ला त्यो कुरा आफ्नो ठाउ“मा छ । संसदीय दलमा

हामीले आफ्नो कुरा राखौंला । मैले व्यक्तिगत रुपमा सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउनर्ुपर्छ भने भोलि पार्टर्ीी तैंले किन

बोलिस् भनेर स्पष्टीकरण लिन पनि सक्छ । पार्टर्ीीन्दा माथि कोही हुन सक्दैन । गिरिजाप्रसाद जो आदरणीय नेता हुनुहुन्छ, उहा“

पनि पार्टर्ीीदा माथि हुनुहुन्न ।
० तपाईंहरू संविधान बनाउन कस्सिएर लाग्नुभएको छ, के नेपाली जनताले नया“ संविधान पक्कै पाउ“छन् ?
 संविधान निर्माणको प्रक्रियामा राजनीतिक दल र तिनका नेताहरूले यो संविधानसभाको चुनावमा जसरी प्रतिबद्धताहरू व्यक्त

गरे । जेठ १४ गतेभित्र संविधान जारी भएन भने देश गृहयुद्धमा जाने, जनव्रि्रोह गर्नेजस्ता कुराहरू पनि प्रतिपक्षी साथीहरूले बोलिरहेका

छन् । संविधानसभाको चुनाव भन्दा अगाडि माओवादीको अभिव्यक्ति सुन्दा उनीहरू संविधानसभाप्रति इमान्दार जस्तो लाग्थ्यो तर

अहिलेको स्थिति हेर्दा भित्री एउटा बाहिरी अर्को जस्तो हुन सक्छ । उनीहरू देशलाई माओवादीकरण गर्न चाहन्छन् । सा“च्चिकै तीन दल

मिलेर जाने हो भने जेठ १४ गते मुलुकले नया“ संविधान पाउ“छ भन्ने कुरामा म आशावादी छु । मस्यौदामाथिको छलफल २१ गते

सकिन्छ । त्यो संवैधानिक समितिले ड्राफ्ट गर्छ । त्यो ड्राफ्ट लिएर हामी जनताको बीचमा जान्छौं । त्यसपछि संविधानसभामा सम्पर्

ूण्ा ड्राफटमाथि छलफल गर्र्छौं । तर मुख्य कामहरू धेरै बा“की छन् । त्यसमा सहमति कायम गर्न जरुरी छ ।
० अन्त्यमा ...
 मुलुकको समस्याप्रति संविधानसभाका ६०१ सदस्य मात्र होइन सिंगै मुलुकका जनताले गम्भीरताका साथ लिनु पर्छ ।

मुलुकको समस्या हामी सबैको सामूहिक समस्या हो । सबै सामूहिक समस्यालाई पहिचान गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा

म तपाईंको युगतन्त्र पत्रिका मार्फ् आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा आग्रह र अपिल गर्न चाहन्छु ।

प्रकाशित मिति : 2010-2-6 - 10:17

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

बाकी अन्तर्वार्ता ::
* यो खुसीको साथसाथमा मैले बोझ थपिएको महसुस गरेको छु
* श्री स्वस्थानी परमेश्वरी सबै देवी देवताकी इश्वरी हुनुहुन्छ –डा. टोपेन्द्रनाथ योगी
* नेपालको सबभन्दा कम उमेरको सभासद् संगको अन्तवार्ता
* अंकगणितीय खेलमा मुलुक चलाइनु हुन्न -श्यामसुन्दर गुप्ता
* शान्ति खल्बलिनुमा सम्पूर्ण राजनीतिक दल दोषी छन् –यशोदा अधिकारी, सभासद् नेकपा एमाले
* दिवाकर चन्द (काबा अध्यक्ष, विश्व हिन्दू महासंघ) संगको अन्तर्बाता
* दिवाकर चन्द (काबा अध्यक्ष, विश्व हिन्दू महासंघ) संगको अन्तर्बाता PDF ma
* व्यक्तिगत स्वार्थका लागि मूर्ति बनाएको होइन
Ads
Untitled Document
बिबिध स्तम्भहरु
Nepal China Hot News!
Your add here
Your add here
Right_stuff



 
Untitled Document

बिबिध उपयोगी साईटहरु

 

Footer Page