श्रावण १३, लण्डन,
स्पेनको ल्लादोलिद विश्वविद्यालयका वैज्ञानिकहरूले सन २१८२ मा पृथ्विको विनास हुनसक्ने चेतावनी दिएका छन् । वैज्ञानिकहरूका अनुसार एक विशाल क्षुद्रग्रह सन २१८२ मा पृथ्वीसंग ठोकिन सक्नेछ । जसका कारण पृथ्विका सम्पूर्ण जीवको समेत विनाश हुन सक्नेछ ।
स्पेनको वल्लादोलिद विश्वविद्यालयका वैज्ञानिकहरूले भनेका छन् कि ‘१९९९-आरक्यू ३६’ नामक क्षुद्रग्रह पृथ्विसंग ठोकिन सक्नेछ । यसको सम्भावना चाँही न्यून रहेको छ । यदि यो घटना भएमा यसले पृथ्विमा विनश लिला देखाउनेछ ।
यस खगोलीय पिण्डको व्यास १८०० फुट रहेको छ । यो क्षुद्रग्रह सन १९९९ मा पत्ता लागेको थियो । ‘डेली मेल’ को समाचार अनुसार २०११ को बसन्तमा यसलाइ पृथ्विबाट देख्न सकिनेछ ।
अनुसंधानरत वैज्ञानिकका अनुसार ‘१९९९आरक्यू ३६' पृथ्विसंग ठोकिने सम्भावना ०.०००९२ रहेको छ ।
वैज्ञानिकले भनेका छन यो क्षुद्रग्रहबाट पृथ्विलाइ बचाउने प्यास १०० बर्ष पहिलेनै शुरू गर्नुपर्ने हुन्छ ।
|