श्रावण १३, विहिवार, भारतको पुणेको अस्पतालमा गत तीन दिनमा स्वाइन फ्लूबाट चार जनाको मृत्यु भएको घटना प्रकाशमा आएको छ । यो रोगका कारण यहाँ अहिले सम्म मर्नेको संख्या २७९ जना पुगेका छन् ।
यस बर्ष अप्रिल देख अहिले सम्म तीन महिनाको बिचमा स्वाइन फ्लू बाट ६८ जनाको मृत्यु भैसकेको कुरा भारतीय संचार माध्ययमहरूले जनाएका छन् ।
स्वास्थ्य अधिकारिहरूका अनुसार नगारिक तथा राज्य स्वास्थ्य संयन्त्रहरूले स्वाइन फ्लू को संदिग्ध घटनाको जाँचमा तिव्रता ल्याएका छन् । उनीहरूका अनुसार स्कूल तथा कलेजमा यस घटनालाइ अभियानको रूपमा अघि बढाइएको छ ।
|