|
श्रावण १२, बुधवार
दक्षिणी अफगानिस्तानमा बुधवार विहान तालिबान शैलीमा सडकको किनारामा भएको एक बम विस्फोटनमा एउटा बस पर्दा २५ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् ।
प्रान्तीय गवर्नर गुलाम दस्तगीरका अनुसार विस्फोटको बेलामा यात्रीले खचाखच भरीएको एक बस निमरोज प्रान्तको देलरम जिल्लामा रहेको राष्ट्रीय राजमार्गबाट गुडिरहेको थियो । त्यसै बेला विष्फोटन भएको हो ।
नाटोका शैनिकहरूको एक दस्ता त्यस क्षेत्रबाट विहानै जाने भन्ने कारणले नै बम बिष्फोटन गराएको हुन सक्छ दस्तगीरले भनेका छन् ।
|