श्रावण १२, वाशिङटन, बुधवार अमेरिकी राष्ट्रपति बराक ओबामाले ग्रीन हाउस ग्यासमा कटौती गर्ने विधेयकलाइ सीनेटले मंजूरी नदिएको अवस्थामा पनि जलवायु परिवर्तन विधेयकको लागी संघर्ष जारी राख्ने कुरा बताउनु भएको छ ।
डेमोक्रेटिक र रिपब्लिकन नेताहरूसंगको कुराकानी पछि ओबामाले भने कि छिट्टै नै जलवायु परिवर्तन सम्बधी विधेयक सीनेटमा ल्याइने छ।
उनले भने यो विधेयक जलवायु परिवर्तनलाइ रोक्ने दिशामा पहिलो शिंढी हो । यसले यस क्षेत्रमा राम्रो नतिजा ल्याउने छ ।
|