असार ३०, बुधवार (वाशिङटन) अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका छन कि एचआईभी।एड्स बाट लड्नको लागी नयाँ रणनीति अपनाउन लागिएको छ । जसले यस रोगलाइ रोक्न सकियोस । रणनीति अनुसार आगामी पाँच बर्षमा नयाँ संक्रमणलाइ २५ प्रतिशत सम्म कम गर्नका लागी तीन महीना भित्र ८५ प्रतिशत रोगिहरूको उपचार गर्ने र यो रोगका बारेमा जागरूकता बढाउने जस्ता लक्ष समावेस छन् ।
ओबामाले एचआईभी-एड्ससंग लडिरहेका व्यक्तिहरूको सम्मानमा व्हाइट हाउसमा आयोजित एक समारोहमा भने कि अमेरिका र विश्वमा एचआईभी-एड्ससंगको लडाईलाइ जित्नको लागी हामीले व्यापक प्रयास गर्नुपर्ने छ जसले गर्दा जिन्दगीलाइ सरल बनाउन सकियोस ।
चिकित्सा क्षेत्रको उपलब्धिका कारण अमेरिकामा एचआईभी बाट पीडित ११ लाख मानिसको जिवनमा सुधार भैसकेको छ । अमेरिका नयाँ संक्रमणको दर कम गर्ने प्रयासमा लागिरहेको छ ।
नयाँ रणनीतिमा पाँच बर्षमा नयाँ संक्रमणलाइ २५ प्रतिशतमा झार्ने लक्ष राखिएको छ । अमेरिकामा प्रत्येक बर्ष लगभग ५६ हजार मानिस यस रोगको शिकार बन्ने गरेका छन ।